RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

सेरिड र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान बीच सम्झौता

सेरिड र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान बीच सम्झौता

2025-04-08

तालिमको प्रभाव मूल्याङ्कन सम्बन्धी अध्ययनका लागि त्रि.वि. शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बीच सम्झौता सम्पन्न भएको छ। नेपालको श्रम बजारमा दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको प्रभाव मूल्याङ्कन आवश्यक रहेको छ। यस अध्ययनले रोजगार र स्वरोजगारका लागि आवश्यक सीप पहिचान गर्न, तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार तालिम सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

WhatsApp Image 2025-04-08 at 11.31.22_c4deaa99.jpg