Kirtipur, Kathmandu
त्रिभुवन विश्वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को आयोजनामा उच्चशिक्षा र उद्योगविच सहकार्य गर्ने उद्देश्यले उद्योग तथा व्यवसायको क्षेत्रमा महत्वपूर्ण उचाईं हासिल गरेका व्यक्तित्वहरुसमेतलाई संलग्न गरी "Reimagining Higher Education For Nepal : Pathways to Innovation and Development 2026" शीर्षकको दुई (२) दिने राष्ट्रीय सेमिनारको आयोजना गरेको छ ।
कीर्तीपुर स्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा आयोजित राष्ट्रीय सम्मेलनको पहिलो दिन आयोजित Education- Industry Synergy : Bridging Learning, Innovation and Employability " अन्तर्गतको सत्रमा बरिष्ठ उद्योगपति एवं पञ्चकन्या ग्रुपका व्यवस्थापकीय निर्देशक प्रदिप कुमार श्रेष्ठ, गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो एवं आइएमी ग्रुपको अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग तथा व्यवसायको क्षेत्रमा आफ्नो अनुभव, भोगेका चुनौती एवं आगामी दिनका कार्ययोजनाहरु समेत सुनाउनुभएको थियो ।उद्योग तथा व्यावसाय समृद्ब मुलुकको आधारस्तम्भ रहेको उल्लेख गर्नुहुँदै उद्योग र उच्चशिक्षा सुमधुर सम्वन्ध निर्माण गर्नुपर्ने, उच्चशिक्षाले ज्ञान र सिप प्रर्वद्बन गर्नुपर्ने, विज्ञता र अनुभवलाई उद्योगसँग जोडनुपर्ने, देशमा उचित कार्यवातावरण निर्माण गर्नुपर्ने, उद्योगी र व्यवसायप्रतिको सकरात्मक भाष्य सिर्जना हुनुपर्ने, प्रविधिको प्रयोग र गुणस्तरीय सेवा प्रवाहलाई आत्मसात गरी मिहनेत र परिश्रमलाई बढावा दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।