Kirtipur, Kathmandu
विकासको निम्ति शिक्षा
मिति: २०८१/१०/०६
प्रकाशनका लागि लेखहरू आह्वान गरिएको सूचना
यस केन्द्रद्वारा हाल बार्षिक रूपमा प्रकाशन गरिने विकासको निम्ति शिक्षा जर्नलको २८औं अंकमा प्रकाशनका लागि इच्छुक लेखक तथा अनुसन्धानकर्ताहरूबाट तोकिएको ढाँचामा आधारित अनुसन्धानात्मक लेखहरू यसै सूचनाद्वारा आह्वान गरिएको छ। ढाँचामा आधारित नभएका लेखहरू प्रकाशन प्रक्रियामा संलग्न गराइने छैन।
पहिला प्राप्त भएका स्वीकारयोग्य लेखहरूलाई पहिलो प्राथमिकता प्रदान गरिने छ साथै पछि प्राप्त भएका अन्य स्वीकारयोग्य लेखहरूलाई क्रमशः आगामी अङ्कहरूमा प्रकाशित गरिनेछ।
यस केन्द्रले विकासको निम्ति शिक्षा जर्नलको गुणस्तर अभिबृध्दि गर्दै क्रमश: अन्तर्राष्ट्रिय समसमीक्षित (International peer reviewed) जर्नल बनाउँने र जर्नललाई अर्धबार्षिक (Biannual) रूपमा प्रकाशन गर्ने नीति लिएको ब्यहोरा जानकारी गराइएको छ। साथै जर्नलको २८औं अङ्क २०८२ वैशाख महिनाभित्रमा प्रकाशन गरिने व्यहोरा समेत यसै सूचनामार्फत अवगत गराइन्छ ।
लेखकको लागि निर्देशन तथा लेख पेश सम्बन्धी links निम्नानुसार रहेका छन्:
https://www.nepjol.info/index.php/bns/about/submissions
प्रधान सम्पादक