RESEARCH CENTRE FOR EDUCATIONAL INNOVATION AND DEVELOPMENT (CERID)

Kirtipur, Kathmandu

सेरिड ४७ औं बर्षमा

सेरिड ४७ औं बर्षमा

2024-04-15

सेरिड ४७ औं बर्षमा

त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को ४७ औं बार्षिक दिवस समारोह सम्पन्न भएको छ। उपकुलपति प्रा.डा शिवलाल भुसालको प्रमुख आत्थ्यितामा सम्पन्न बार्षिक दिवसमा बार्षिक रुपमा प्रकाशित हुदै आइरहेको जर्नल समेत विमोचन गरिएको थियो।

माघ २ गते बल्खु स्थित सेरिडको आफ्नै सभाकक्षमा आयोजित बार्षिक दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुदै त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले विश्वविद्यालयले ज्ञान वितरण गर्र्नुको साथै ज्ञान निर्माणमा लाग्नुपर्ने बताउनुभयो। त्रिवि विगतमा सवैलाई शिक्षा दिनुपर्ने मान्यताले अनियन्त्रितरुपमा विस्तारीत हुँदा हाल समन्वय र व्यवस्थित हुन कठिनाई भइरहेको बताउदै सरकारले त्रिविका अनुसन्धान केन्द्रहरूलाई विश्वास गरी सरकारी सयन्त्रले गर्ने सम्पूर्ण अनुसन्धानमा विश्वविद्यालयलाई उपयोग गर्नुपर्ने बताउनुभयो। पदाधिकारीको हैसियतले अनुसन्धानको कोषलाई  बढाई ४२ करोड पुयाइएको, ५० लाख देखि १ करोड सम्मका अनुसन्धान परियोजनाहरू सञ्चालनमा रहेको साथै अनुसन्धान र नवप्रवर्तनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो। प्राध्यापकहरूमा अनुसन्धान संस्कृतिको अभाव देखिएकोले समग्र ज्ञान उत्पादनको कार्यमा शिथिलता देखिएको भन्दै  अनुसन्धान केन्द्रहरूलाई राष्टिय अन्तराष्टिय विश्वविद्यालयहरूसँग सहकार्य गरी अनुसन्धानमा क्रियाशिल रहन अनुरोध गर्नुभएको थियो।

नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू मुलुकका थिङक ट्याङक भएको बताउनुभयो। अनुसन्धान केन्द्रहरूलाई कन्सलटेन्सीका रुपमा हेर्न नमिल्ने भन्दै ऐतिहासिक उपलब्धीहरूलाई  कायम गर्न अनुसन्धान केन्द्रहरू सक्षम रहेको बताउनुभयो। शिक्षाशास्त्र संकायका डीन प्रा.डा चित्रबहादुर बुढाथोकीले अन्तराष्ट्रियकरण र भुमण्डलीकरणका कारण देखिएको परिवर्तनलाई आत्मसाथ गर्दै अनुसन्धान केन्द्रहरूले आफ्नो औचित्यपुष्टि गर्नुपर्ने बताउनुभयो। नवप्रवर्तन र अनुसन्धानलाई आत्मसात नगर्दा मुलुक समग्र विकासमा पछि परेको बताउनुुभयो। अनुसन्धान केन्द्रहरू मुलुकको धरोहर र गर्व भएकोले सेतो हात्तिको उपमा नदिन सवैमा अनुरोध गर्नु भएको थियो। त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा ईश्वर कोइरालाले बार्षिक दिवसको अवसरमा शिक्षा विकास तथा अनुसन्धान केन्द्रलाई निर्मम समिक्षा गरी उपलब्ध चुनौतीहरूलाई समाना गर्दै अघि वढन सुझाव दिनुभएको थियो। अनुसन्धान कक्षाकोठामा नजोडिएसम्म देशको विकास नहुने भन्दै पाठ्यक्रमहरूलाई अनुसन्धान केन्द्रीत बनाउन सुझाव दिनुभएको थियो। कार्यक्रममा शिक्षा विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा सुरेन्द्र गिरीले सेरिडको पछिल्लो गतिविधी, अनुसन्धान परियोजना र  उपलब्धीका वारेमा संक्षिप्त प्रस्तुती दिनुभएको थियो। स्थापनाकालमा शिक्षामन्त्रालयको एक महत्वपूर्ण एकाईको रुपमा रहेको र नयाँ शिक्षा लागुभएलगत्तै त्रिभुवन विश्वविद्यालयमा समेटिएको सेरिड शिक्षा क्षेत्रकौ सवैभन्दा अनुभवी अनुसन्धान केन्द्र रहेको बताउनुभयो। राष्ट्रिय प्राथमिताप्राप्त क्षेत्रमा अनुसन्धानमा संलग्न रहेको, सरकारवाट प्रत्यक्ष रुपमा अनुसन्धान परियोजनाहरू प्राप्त भइरहेको, नीतिगत तहका अनुसन्धानमा जोड दिइएको जानकारी गराउनुभएको थियो।

बार्षिक दिवसको अवसरमा सेरिडले अवकाश प्राप्त सहप्रध्यापक रेनुकुमारी लामा थापा, उपप्रशासक रविन्द्रमान श्रेष्ठ, शाखा अधिकृत शान्ति जोशीप्रविधिक अधिकृत भक्तमान श्रेष्ठ र कार्यालय सहयोगी शान्तभाई महर्जनलाई सम्मान गरेको थियो भने उत्कृष्ट कार्य गर्ने शिक्षकहरू राजु मानन्धर, इन्दिरा पन्त, ओमचन्द्र थसिनेकू र डा. कमल कुमार पौडेल तथा कर्मचारीहरू विष्णुविक्रम गिरी, नारायण श्रेष्ठ, श्याम खड्का र राजेन्द्र वलीलाई सम्मान गरेको थियो।